भारतको चन्डीगढ एयरपोर्टमा महिला सुरक्षाकर्मीले कंगनालाई थप्पड हानिन्

भारतको चन्डीगढ एयरपोर्टमा महिला सुरक्षाकर्मीले कंगनालाई थप्पड हानिन्

काठमाडौँ : भारतको हालै सम्पन्न निर्वाचनबाट सांसद बनेकी अभिनेत्री कंगना रनौतलाई एक महिला सुरक्षाकर्मीले विमानस्थलमै थप्पड हानेकी छिन्। उनलाई भारतको चन्डीगढ विमानस्थलमा सुरक्षा जाँचकोक्रममा सिआइएसएफकी सुरक्षाकर्मी कुलविन्दर कौरले थप्पड हानेकी हुन्।

कौरलाई तत्काल पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। रनौतले किसान आन्दोलनविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको भन्दै कौरले थप्पड हानेको दाबी आइरहेका छन्।

कंगनाले नै घटनाबारे भिडियो सार्वजनिक गर्दै सुरक्षा चेकिङपछि दोस्रो क्याबिनमा रहेकी महिला सुरक्षाकर्मीले गाली गर्दै कुटेको दाबी गरेकी छिन्। आफूलाई थप्पड हानेपछि किन यस्तो गरेको भनेर सोध्दा आफू किसान आन्दोलनको समर्थक भएको बताएको कंगनाको दाबी छ।

उनले यो घटनालाई आतंकवादसँग जोड्दै 'पन्जाबमा आतङ्कवाद बढेको बताएकी थिइन्। उता कौरलाई निलम्बन गरिएको छ भने किसान नेताहरू उनको पक्षमा उभिन थालेका छन्।

क‌ंगनालाई थप्पड हानेपछि कौरले विमानस्थलमा बोलेको भिडियो समेत सार्वजनिक भएको छ। भिडियोमा उनले जव कंगनाले किसान आन्दोलनमा आएकाहरु सय रुपैँयाका लागि आएको भनेर बयान दिएकी थिइन् त्यो बेलामा धर्नामा मेरो आमा पनि हुनुहुन्थ्यो भनेकी छिन्।

जेठ २५, २०८१ शुक्रबार १३:२१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।