डेब्यु फिल्म ‘लण्डन टु पेरिस’बारे राम्रो लेखिदिन सञ्चारकर्मीलाई गरिमाको आग्रह
काठमाडौं : आफ्नो पहिलो कामको तारिफ होस् या नहोस् उत्सुकता जो कोहीलाई हुन्छ। फिल्म क्षेत्रमा कुरा गर्ने हो भने अझ बढी फिल्मका नवकलाकारलाई हुन्छ।
बिहीबार आफूले डेब्यु गरेको फिल्म ‘लण्डन टु पेरिस’को प्रिमियरमा पुगेकी गरिमा शर्मालाई आफ्नो कामबारे कसले के भन्ने हुन् भन्ने उस्तै उत्सुकता थियो।
निर्धारित समयभन्दा एक घण्टा नै ढिलो हलमा उपस्थित भएका यस फिल्मका मुख्य कलाकार निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का र साम्राज्ञी आरएल शाहले आउनेबित्तिकै माफी मागे।
गरिमाले आफ्नो भूमिका र फिल्मबारे प्रतिक्रिया दिन आग्रह गरिन्। बोल्न सिपालु उनले घुमाउरो पाराले राम्रो लेखिदिन आग्रह गरिन्।
उता साम्राज्ञीले खासै धेरै बोलिनन्, फिल्म हेरिदिन आग्रह गरिन्।
यहि फिल्ममार्फत फिल्म निर्देशनमा हात हालेका निर्देशक निश्चलले आफूले सोच्दै नसोचेको क्षेत्रमा प्रवेश गर्न पाउँदा खुसीले गदगद भएको प्रतिक्रिया दिए।
जेठ २५, २०८१ शुक्रबार ११:३७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।