भारतमा एनडीएको संसदीय दलको बैठक बस्दै, मोदी संसदीय दलको नेता चुनिने

भारतमा एनडीएको संसदीय दलको बैठक बस्दै, मोदी संसदीय दलको नेता चुनिने

एजेन्सी : भारतका कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)को संसदीय दलको बैठक बस्दैछ।

शुक्रबार बिहान ११ बजे संसदको केन्द्रीय हलमा बस्ने बैठकले नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बैठकमा सहभागी हुन मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहान र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल दिल्ली पुगेका छन्। बैठकमा धेरै राज्यका मुख्यमन्त्रीहरुको पनि सहभागिता रहने समाचारमा उल्लेख छ।

नरेन्द्र मोदीले बुधबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएसँगै उनले १७औं लोकसभा विघटन गरेका थिइन्। नयाँ सरकार गठन नभएसम्म नरेन्द्र मोदी कामचलाउ प्रधानमन्त्री छन्।

लोकसभा चुनावमा भाजपाले पूर्ण बहुमत ल्याउन नसके पनि २४० सिट ल्याएर संसद्को सबैभन्दा ठूलो पार्टी बनेको छ। बहुमतका लागि २७२ सिट आवश्यक पर्नेमा एनडीएले २९३ सिटसहित बहुमतको आँकडा पार गरेको छ।

जेठ २५, २०८१ शुक्रबार ०९:१८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।