आईसीसी टी-२० : नामिबियालाई पाँच विकेटले हराउँदै स्कटल्याण्ड विजयी

आईसीसी टी-२० : नामिबियालाई पाँच विकेटले हराउँदै स्कटल्याण्ड विजयी

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा स्कटल्याण्ड विजयी भएको छ। समूह चरणको खेलमा स्कटल्याण्डले नामिबियालाई ५ विकेटले पराजित गरेको हो।

ब्रिजटाउनमा १५६ रनको लक्ष्य पछ्याको स्कटल्याण्डले १८.३ ओभरमा ५ विकेट गुमाएर जीत निकालेको हो। नामिबियाले टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १५५ रन बनाएको थियो।

कप्तान जेरार्ड एरास्मसले अर्धशतकीय पारि खेले। उनले ३१ बल खेलेका उनले ५ चौका र २ छक्कासहित ५२ रन बनाएका थिए।

जेन ग्रिनले २८, निकोलस डाभिनले २०, डेभिड विसेले १४ र जान फ्रेलिन्कले १२ जोडे। स्कटल्यान्डका ब्राड ह्विलले ३, ब्रेड करीले २ तथा क्रिस सोल, क्रिस ग्रिभ्स र माइकल लिस्कले एक एक विकेट लिए।

जवाफमा स्कटल्याण्डका जर्ज मुन्से ७ रन बनाएर आउट भएका थिए । उनले १५ बल फेस गेका थिए। मिचेल जोन्सले २० बलमा २६ रन बनाएर पभेलियन दोस्रो विकेटको रुपमा फर्किए।

ब्रेन्डन म्याकुलम १७ बलमा १९ रन जोडेर आउट हुँदा स्कटल्याण्डले ६७ रनमा तेस्रो विकेट गुमाएको थियो।

कप्तान रिची बेरिंग्टनले ३५ बलमा २ छक्का र २ चौका साथ नटआउट ४७ रन र माइकल लिस्कले १७ बलमा ४ चौकाको मद्दतले ३५ रन बनाएपछि खेल स्कटल्याण्डको पक्षमा गएको थियो । अन्त्यमा क्रिस ग्रेभ्सले ४ रनको नटआउट पारि खेले।

नामिबियाका हेरार्ड एरास्मस २, रेविन ट्रम्पलम्यान, टानगेनी लुन्गामेनी र बर्नार्ड स्कोल्जले समान एक एक विकेट लिए।

जितसँगै स्कटल्याण्ड समूह बीमा शीर्ष स्थानमा रहेको छ। स्कटल्याण्ड र इंग्ल्याण्डबीचको पहिलो खेल वर्षाका कारण रद्द भएकाले दुवै टिमले अंक बाँडेका थिए। यही समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, नामिबया र ओमान छन्।

जेठ २५, २०८१ शुक्रबार ०८:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।