मधेशमा सरकार गठनका लागि दिएको समय १० बजे सकिँदै

मधेशमा सरकार गठनका लागि दिएको समय १० बजे सकिँदै

काठमाडौं : मधेश प्रदेशकी प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय शुक्रबार बिहान सकिँदैछ।

प्रदेश सभामा विश्वासको मत नपाई मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार ढलेपछि प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन्। सरकार गठनका लागि बिहान १० बजेसम्मको समय दिइएको हो।

यसैबीच ६ दलीय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गर्ने तयारी गरेका छन्।

एमाले, माओवादी केन्द्र, जनमत पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले मधेशमा सरकार बनाउन लागेका हुन्।

६ दलीय गठबन्धनले जनमत पार्टीका सांसद सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा समर्थन गर्नेछन्। सिंह सप्तरी २(१)बाट निर्वाचित सांसद हुन्।

दावी पेश भएसँगै सतिशलाई मुख्यमन्त्री नियुक्त गरेर आजै विहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखकाे कार्यालयको तयारी छ।

जेठ २५, २०८१ शुक्रबार ०७:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।