विश्वकप छनोटको पाँचौं खेलमा नेपाल गोलविहीन, युएई चार गोलले विजयी

विश्वकप छनोटको पाँचौं खेलमा नेपाल गोलविहीन, युएई चार गोलले विजयी

काठमाडौं : फिफा विश्वकप २०२६ को एसियाली छनोटका पाँच खेलमा नेपाल गोलविहीन भएको छ।

साउदी अरबको दम्माम शहरमा सम्पन्न खेलमा युएई विरुद्ध ४-० ले पराजित भएसँगै नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ। नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ।

पहिलो केही मिनेटमा रक्षापंक्तिमा संयमित रहेको नेपालले दुई मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो। हरिब अलमुसार्रकले नै दुवै गोल गरे।

१२औं मिनेटमा अल्दुल्लाह अलहम्मादीको क्रसमा फारपोस्टमा खाली रहेका अलमुसार्रक हेडर प्रहार गर्दै गोल गरे।

बल सिधै किरण चेम्जोङको हाततर्फ गएपनि उनले गोल बचाउन सकेनन्। दुई मिनेट पश्चात उनैले युएईको अग्रता दोब्बर बनाए।

३६औं मिनेटपछि नेपालले लगातार तीन मौका खेर फाल्यो। विश्वकप छनोटको दोस्रो चरणमा पहिलो गोलको खोजीमा रहेको नेपालले मौकाको सदुपयोग भने गर्न सकेन।

३६औं मिनेटमा सनिशको क्रसमा जिलेस्पी जंग कार्कीको प्रहार पोस्टको माथिबाट बाहिरियो। अर्को मिनेटमा नेपालले लगातार दुई प्रहार क्रसबारमा प्रहार गर्यो।

सनिशको क्रसमा नै सञ्जीव विष्टको हेडर क्रसबारमा लागेर फर्कियो। त्यसलगत्तै विशाल बस्नेतको प्रहारमा पनि बल ब्लक भएर क्रसबार बाधक बन्यो।

५३औं मिनेटमा युएईले तेस्रो गोल गर्यो। दोस्रो गोलमा उत्कृष्ट असिस्ट गरेका अली सलेहले बक्सको छेउबाट उत्कृष्ट फिनिश गर्दै अग्रता तीन गोलको बनाए।

७५औं मिनेटमा हसेन मोहम्मदले चौथो गोल गरे। किरण गोललाइन बाट अगाडि आएको मौकामा मैदान मध्यभागबाट उनले गरेको प्रहारले जालि चुमेको थियो।

घरेलु मैदानमा हुनुपर्ने यस खेल दशरथ रंगशाला अयोग्य रहेका कारण साउदी अरब (न्यूट्रल भेन्यू) मा खेलाइएको थियो।

नेपालले अब छनोटको दोस्रो चरणको अन्तिम खेलमा जेठ ११ गरे यमन विरुद्ध सोहो स्टेडियममा खेल्नेछ।

जेठ २५, २०८१ शुक्रबार ०७:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।