आफ्नो कोठामा मोबाइल हेर्न आएकी ८ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

आफ्नो कोठामा मोबाइल हेर्न आएकी ८ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं : दाङमा नाबालिका बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। 

मंगलबार भारत उत्तर प्रदेश बलरामपुरका ४४ वर्षीय दिननाथ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी एवं प्रवक्ता जनक मल्लले जानकारी दिए। 

घोराही उपमहानगर-१७ गैरागाउँस्थित एक ग्रिल उद्योगमा काम गर्ने दिननाथले ८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ। 

'स्थानीय एक बालिका दिननाथकहाँ मोबाइल चलाउन आऊजाऊ गर्दी रहिछन्,' डीएसपी मल्लले भने, 'जेठ २१ गते बेलुका ८ बजे पनि बालिका दिननाथकोमा मोबाइल हेर्न गएकी रहिछन्।' 

सोही बेला दिननाथले बालिकालाई आफ्नो कोठामा जबर्जस्ती बलात्कार गरेको जाहेरी परेको डीएसपी मल्लले बताए।  

जेठ २४, २०८१ बिहीबार २१:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।