युनिलिभरले सफा हिमाल अभियान २०२४ को लागि सहयोग गर्ने

युनिलिभरले सफा हिमाल अभियान २०२४ को लागि सहयोग गर्ने

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले सफा हिमाल अभियान–२०२४ मा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ। यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कङ्काल सहित ५ शवको अवशेष सङ्कलन गरिएको छ।

युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा गर्वका साथ सहयोग गरेको थियो। नेपाली सेनाका अनुसार २०१९ देखि सुरू भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर सङ्कलन भएको छ भने १२ जना मृतकको शवको अवशेष सङ्कलन भएको छ। 

दिगोपन प्रयासमा सहभागी हुन पाउँदा र वातावरणको दिगोपनका लागि पहलहरूको भाग भएर नेपाललाई सेवा गर्ने अवसर पाउँदा कम्पनी सम्मानित भएको बताइएको छ।  

जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न, खास गरी यस क्षेत्रमा र यी हिमालहरूको प्राकृतिक सौन्दर्यको संरक्षणका लागि गरिएको बताइएको वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको छ। 

जेठ २४, २०८१ बिहीबार २०:३१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।