विश्वकप क्रिकेट : नेपाली टिमको एक रनमा ओमोडाले एउटा रूख रोप्ने
काठमाडौं : नेपालको विद्युतीय गाडी ओमोडाले ‘आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट’को अवसरमा एक वातावरणीय योजना ल्याएको छ।
दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा अन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले रुख रोप्ने योजना ल्याएको हो।
यस अभियान अन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक ‘चौका’मा ५ रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० रूख रोपिने छ। यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने बताइएको छ।
एसपिजि अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले भने, 'यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो। यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ। हाम्रो यस अभियानले नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ।'
यस अभियानले दिगो गतिशीलतालाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्ने कम्पनीले जनाएको छ।
जेठ २४, २०८१ बिहीबार २०:२०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।