श्रीमतीसँग डिभोर्स भएपछि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका पुरुषको मृत्यु

श्रीमतीसँग डिभोर्स भएपछि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका पुरुषको मृत्यु

​​​​​​काठमाडौं : आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएर घाइते भएका एक पुरुषको मृत्यु भएको छ।

पेट्रोल खन्याएर शरीरमा आगो लगाउँदा घाइते भएका विराटनगर महानगरपालिका-२ का ३९ वर्षीय पवनकुमार कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार उपचारका क्रममा बिहीबार दिउँसो १ बजेतिर मृत्यु भएको हो।

मंगलबार साँझ ८ बजेतिर विराटनगर-७ हरियाली टोलमा कामतले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका कामतको अवस्था गम्भीर रहेको थियो। शरीरमा आगो लागेपछि ७० प्रतिशत जति भाग जलेको र तत्कालै विराटनगरकै कोशी अस्पताल लगेर उपचार थालिएको थियो। 

प्रहरीका अनुसार केही समयदेखि पारिवारिक तनावमा रहेको खुलेको छ। केही दिनअघि पत्नीसँग समेत सम्बन्ध विच्छेद गर्नु परेको पीडाका कारण आफैंलाई आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। 

घटनाको थप अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए।  

जेठ २४, २०८१ बिहीबार १९:०८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।