चौध किलो सुन तस्करीका ८ अभियुक्तको पुर्पक्षको आदेश उच्चबाट सदर

चौध किलो सुन तस्करीका ८ अभियुक्तको पुर्पक्षको आदेश उच्चबाट सदर

काठमाडौँ : चौध किलो सुन तस्करीमा जोडिएका ८ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध ८ जना उच्च अदालत पाटनमा पुनरावलोकनका लागि गएका थिए। उच्चका न्यायाधीश हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले बिहीबार जिल्लाको आदेश सदर गरेको हो।

गोरखाका मीनबहादुर घले, चन्द्र घले, विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत, र कृष्णकुमार श्रेष्ठ जिल्लाको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।

जीवनबहादुर गुरुङ भने १४ लाख धरौटीमा छुटेका छुटेका थिए। उनको हकमा उच्चले जिल्लाकै आदेश सदर गरेको छ।

२०८० मंसिर २२ मा युएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेपछि अनुसन्धान गर्दा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए। घले पक्राउपछि अनुसन्धानकोक्रममा अन्य व्यक्ति खुलेका थिए।

जेठ २४, २०८१ बिहीबार १८:५०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।