अनलोड गरी ब्याक गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि घाइते पैदलयात्रीको मृत्यु

अनलोड गरी ब्याक गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं : कास्कीको अन्नपूर्ण गाउँपालिकामा ट्रकको ठक्करबाट घाइते एक जना पैदलयात्रीको मृत्यु भएको छ। 

बिहीबार दिउँसो करिब १ः५० बजेको समयमा अन्नपूर्ण–१ को नौडाँडामा ग १ क २६२५ नम्बरको ट्रक अनलोड गरी ब्याक गर्ने क्रममा पैदलयात्री स्थानीय ७० वर्षीय दुर्गाप्रसाद दाहाललाई ठक्कर दिएको थियो।  

गम्भीर घाइते दाहालको पोखराको मेट्रोसिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए।

ट्रक र ट्रक चालक धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३५ वर्षीय ३५ लेख बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको शर्माले जानकारी दिए। 

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

जेठ २४, २०८१ बिहीबार १८:४१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।