दमौलीमा एनसेलको नयाँ सेन्टर

दमौलीमा एनसेलको नयाँ सेन्टर

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले दमौलीमा  नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ। महर्षि चोक(एसबीआई बैङ्क अगाडि)ब्यास नगरपालिका–३, दमौलीमा एनसेलले नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो।

नयाँ सेन्टरबाट ग्राहकहरूले सबै किसिमका ग्राहक सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ। एनसेलका चीफअफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए।

एनसेलका सेवा तथा सुविधाबारे सोधपुछ, सिम खरिद, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा नयाँ सेन्टरबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ।

ग्राहकहरूले सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका सुविधा समेत पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

चीफअफ स्टाफ, अपरेसन स्टेसन रोड्रिगेजले १० वर्ष देखि दमौलीमा रहेर ग्राहक सेवा प्रदान गर्दै आएको र गुणस्तरीय ग्राहक सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिन व्यस्त बजार क्षेत्रमा खोलिएको नयाँ सेन्टर सञ्चालनमा ल्याउन पाउँदा खुसी व्यक्त गरेका थिए।

जेठ २४, २०८१ बिहीबार १८:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।