नेपाल डिस्टिलरिज प्रालिले पायो आइडब्लुएसि अवार्डमा तीन मेडल
काठमाडौं : द नेपाल डिस्टिलरीज प्रालिले तीन प्रतिष्ठित पदक प्राप्त गरेको छ। ‘इन्टरनेस्नल वाइन एन्ड स्पिरिट्स कम्पिटिसन’ अवार्ड २०२४, डिस्टिलरीको तीन मुख्य उत्पादनहरूले एक रजत र दुई कास्य मेडल प्राप्त गरेको हो।
‘आइडब्लुएससि’ अवार्ड, एक विश्वव्यापी वाइन तथा स्पिरिट प्रतियोगिता हो, जसले सन् १९६९ देखि विश्वभरका उत्कृष्ट स्पिरिटहरू पहिचान तथा पुरस्कृत गर्दै आएको छ।
द नेपाल डिस्टिलरिजको सबैभन्दा पुरानो र लोकप्रिय उत्पादन ‘खुकरी रम’ ले ८८ अंकसहित ‘कास्य मेडल’ प्राप्त गरेको छ। मौलिक नेपाली स्वादसहितको ‘खुकुरी स्पाइस्ड रम’ लाई ८९ अंकसहित ‘कास्य मेडल’ प्रदान गरिएको बताइएको छ।
त्यस्तै, अर्को उत्पादन ‘न्युड सुपेरियर भोड्का’ ले ९१ अंकसहित ‘सिल्भर मेडल’ हासिल गरेको छ। ‘आइ डब्लु एस सि’ को नौ-सदस्यीय निर्णायक प्यानलमध्ये ग्लोबल रम एम्बेसेडर इयान बरेल पनि सहभागी थिए। उनी हाल नेपालमा खुकुरी रम उत्पादन-शील्प तथा अद्वितीय स्वादको पहिचान गर्दै नेपाली रम-संस्कृतिका निम्ति प्रबर्द्धनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम गरिहेका छन्।
द नेपाल डिस्टिलरिज प्रालिका महाप्रबन्धक सुभास लामिछानेले अवार्डबारे भनेका छन्, 'द नेपाल डिस्टिलरीजको स्थापनाकालदेखि नै हामीले प्रिमियम स्पिरिट उत्पादनका लागि उच्चकोटीको सामग्री, उच्च स्तरको प्रक्रिया, अत्याधुनिक प्रविधि, र उत्कृष्ट उत्पादन-शील्पको निरन्तर उपयोगमा समर्पित छौँ। यो प्रतिष्ठित अवार्डले हाम्रो यही लगाव र कुशलतालाई मान्यता दिएको छ र विश्वमाझ नेपाली स्पिरिटको गुणस्तरलाई चिनाउने माध्यम बनेको छ।'
जेठ २४, २०८१ बिहीबार १६:२९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।