केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा

केही ऐन संशोधनका लागि १० मन्त्रालय छलफलमा

काठमाडौं : केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगो लगाउन १० वटा मन्त्रालयबीच छलफल चलिरहेको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहीबार बैठक भएको छ। 

कानुनमन्त्री पदम गिरीले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले छलफल थालेको सुरू गरेको बताए। 

छिटै छलफल सकेर विधेयकलाई टुंगोमा पुर्याउने गरी काममा जुटेको उनको भनाइ छ। 

उनले भने, ‘हामी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौं। जुन जुन मन्त्रालयसँग सम्बन्धित विधेयकसँग छलफल जुट्न सकेको छैन। त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीज्युहरू र प्रतिनिधिलाई बोलाएर छलफल गरिरहेको छौं। १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा समितिमा सहमति जुटिनसकेको हुनाले हामी मन्त्रालयसँग बसेर छलफलमा छौं। छिटै छलफल टुंग्याएर विधेयकलाई हामी टुंगोमा पुर्याउने काममा जुटेका छौं।’  

जेठ २४, २०८१ बिहीबार १५:५८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।