नाबालिका​​​​​​​माथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी इन्स्पेक्टर शिवाकोटी पक्राउ

नाबालिका​​​​​​​माथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी इन्स्पेक्टर शिवाकोटी पक्राउ

काठमाडौं : नाबालिकालाई यौन दुर्व्यवहारको आरोपमा नेपाल प्रहरीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटी रहेका छन्। उनीमाथि १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप छ। 

बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलात्कार गरेको उजुरी गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए।  

जेठ २४, २०८१ बिहीबार १५:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।