आठ सय करोडमा बन्ने ‘रामायण’मा यशको पारिश्रमिक दुई सय करोड

आठ सय करोडमा बन्ने ‘रामायण’मा यशको पारिश्रमिक दुई सय करोड

मुम्बई : निर्देशक नितेश तिवारीको निर्देशनमा बन्ने ‘रामायण’ बलिउडको चर्चित फिल्म बनेको छ।

यो फिल्ममा रणवीर कपूर राम र साई पल्लवी सीताको भूमिकामा देखिँदैछन्। दुवैको लुक्स सामाजिक सञ्जालमा भाइरल भइसकेको छ।

फिल्ममा रावणको भूमिकामा साउथ स्टार यश देखिँदैछन्। फिल्मका लागि निर्माताले उल्लेख्य लगानी गरेका छन्। कलाकारले मागे जति नै पैसा दिइरहेका छन्।

फिल्म ‘केजीएफ’ स्टार यशले फिल्म ‘रामायण’मा रावण बन्नका लागि निर्मातासँग २ सय करोड पारिश्रमिक लिएका छन्।

यशको प्रवेशले ‘रामायण’लाई पेन इण्डिया लेवलमा प्रमोसन गर्न सजिलो हुने निर्माताको बुझाइ छ। ‘रामायण’मा यशले २ सय करोड पारिश्रमिक लिएपछि उनी बलिउडका सबैभन्दा महंगो अभिनेता बनेका छन्।

अभिनेता शाहरुख खानले फिल्म ‘पठान’का लागि १ सय २० करोड पारिश्रमिक लिइरहँदा यशले शाहरुखको रेकर्ड तोडेका छन्।

फिल्ममा सनी देओल, लारा दत्त, रवि दुबेको पनि अभिनय रहनेछ। फिल्म दुई भागमा रिलिज हुनेछ। यो फिल्मका लागि पहिलो भागमै करिब ८ सय करोड खर्च हुने निर्माण पक्षको दाबी छ।

फिल्म सन् २०२५ सम्म रिलिज हुनेछ। फिल्मको दोस्रो भाग २०२६ सम्म रिलिज हुनेछ।

जेठ २४, २०८१ बिहीबार १४:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।