स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार चिनियाँ पक्राउ

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार चिनियाँ पक्राउ

काठमाडौं : स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित प्रहरीले ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

भक्तपुरको सूर्यविनायक-१० भातेढिकुरबाट बुधबार दिउँसो पक्राउ पर्नेहरूमा हाल काठमाडौं बस्ने चिनियाँ नागरिकहरु ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु छन्।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा रकम बरामद भएपछि प्रहरीले ट्याक्सीमा सवार उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको हो।

उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

जेठ २४, २०८१ बिहीबार १३:५८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।