सीजी कम्युनिकेसन्सले पाएको ग्रामीण दूरसञ्चार सेवा लाइसेन्स रद्द

सीजी कम्युनिकेसन्सले पाएको ग्रामीण दूरसञ्चार सेवा लाइसेन्स रद्द

काठमाडौं : ग्रामीण दूरसञ्चार सेवाको अनुमति पाएको सीजी कम्युनिकेसन्सको दूरसञ्चार सेवाको अनुमतिपत्र (लाइसेन्स) रद्द भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सार्वजनिक सूचना निकालेर अनुमतिपत्र स्वतः रद्द भएको जानकारी गराएको हो।

सीजी कम्युनिकेसन्स लिमिटेडले २१ नोभेम्बर, २००३ मा ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो।

उक्त अनुमतिपत्र नवीकरणका लागि सीजी कम्युनिकेसन्स लिमिटेडले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम नवीकरण दस्तुर सहित निवेदन पेश गर्नुपर्ने थियो।

तर तोकिएको अवधिभित्र दस्तुरसहितको निवेदन नआएपछि कम्पनीलाई दिइएको ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र २०८० मंसिर १६ गतेदेखि स्वतः रद्द भएको प्राधिकरणको सूचनामा उल्लेख छ।

सीजी कम्युनिकेसन्स अन्तर्गत सीजी नेट पनि समावेश छ। ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र रद्द भए पनि इन्टरनेट सेवा प्रदायकको अनुमति भने कायमै छ।

जेठ २४, २०८१ बिहीबार १३:३६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।