एमाले सुनसरीका अध्यक्ष खनालको निधन

एमाले सुनसरीका अध्यक्ष खनालको निधन

सुनसरी : एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा उनको निधन भएको हो।

६२ वर्षीय खनाल लामो समयदेखि जन्डिससहित उच्च रक्तचाप लगायत दीर्घरोगबाट ग्रसित थिए।

खनाल एमाले सुनसरीको पन्ध्र दिनअघि मात्रै भएको आठौं अधिवेशनबाट सुनसरी जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।

स्वर्गीय खनाल बराहक्षेत्र नगरपालिकाको पूर्व मेयर हुन्। उनका श्रीमतीसहित एक छोरा र एक छोरी छन्।

जेठ २४, २०८१ बिहीबार १२:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।