काठमाडौं क्यान्सर सेन्टर र सशस्त्र प्रहरी बलबीच साझेदारी

काठमाडौं क्यान्सर सेन्टर र सशस्त्र प्रहरी बलबीच साझेदारी

काठमाडौं : काठमाडौं क्यान्सर सेन्टरले सशस्त्र प्रहरी बलका कर्मचारी र आफन्तहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने भएको छ।

सहमति अनुसार एपीएफका कर्मचारी र उनीहरूका परिवारजनले क्यान्सर जाँच, उपचार र अन्य चिकित्सा सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्।

यो साझेदारीले सशस्त्र प्रहरी र उनका परिवारहरूले उच्च-गुणस्तरको क्यान्सर रोगसम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनेछ।

काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सिमित सापकोटाले राष्ट्रको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्ने योद्धाहरूप्रति हार्दिक आभार व्यक्त गरे।

केसीसीले उच्च-गुणस्तरको र सबैको पहुँचमा स्वास्थ्य सेवा सुनिश्चित गर्ने अभिप्रायका साथ यो साझेदारी गरेको बताएको छ। यो सम्झौता तुरुन्तै प्रभावकारी हुनेछ।

जेठ २४, २०८१ बिहीबार १०:५८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।