टी२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात, ओमान ३९ रनले पराजित
काठमाडौं : आईसीसी टी२० विश्वकपमा अष्ट्रेलियाले विजयी सुरुवात गरको छ। बिहीबार विहानको दोस्रो खेलमा उसले ओमानलाई ३९ रनले पराजित गरेको हो।
बार्बाडोसमा टस हारेर पहिला ब्याटिङमा तानिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७४ रन बनाएको थियो।
उसका लागि मार्कस स्टोयनिसले सर्वाधिक ६७ रनको अर्धशतकीय अविजित पारी खेले। ३६ बल सामना गरेका उनले दुई चौका र ६ छक्का हिर्काए।
त्यसबाहेक डेभिड वार्नरले ५६, मिचेल मार्सले १४ र ट्राभिस हेडले १२ रन जोडे। म्याक्सवेल गोल्डेन डक हुँदा टिम डेभिडले ९ रन जोडे।
ओमानका मेहरान खानले दुई विकेट लिँदा बिलाल खान र कलीमुल्लाहले समान एक–एक विकेट हात पारे।
१६५ रनको लक्ष्य पछ्याएको ओमान निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२५ रनमा समेटियो।
उसका लागि आयान खानले ३६ रन ल्याउँदा मेहरान खान २७, कप्तान आकिब इलियास १८ र सकील अहमद ११ रनमा आउट भए।
अष्ट्रेलियाका मार्कस स्टोयनिसले तीन, एडम जाम्पा, नाथन इलिस र मिचल स्टार्कले समान दुई–दुई विकेट लिए।
जितसँगै अष्ट्रेलिया समूह बीको तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ओमान भने पुच्छारमा छ।
जेठ २४, २०८१ बिहीबार १०:०९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।