प्रतिनिधि सभाको बैठक बस्दै, सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक विहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसका अलावा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ र ‘विनियोजन विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको संरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसका साथमा ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।

जेठ २४, २०८१ बिहीबार ०८:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।