ओलीले आफूलाई ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भनेपछि के भन्छिन् सुमना ?

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देश कुनै अमुक नेताहरूको कैदमा रहेको भन्दै त्यस्तो धारणा फेरिनु आवश्यक रहेको बताएकी छन्।
केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालक्षित ‘माइत घुम्न आएको फ्याट्ट मन्त्री भइयो’ भन्ने अभिव्यक्ति दिएका थिए। ओलीको सोही अभिव्यक्तिलाई जवाफ दिँदै सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेकी छन्, 'के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भइ हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त?'
मन्त्री श्रेष्ठले ओलीलाई यो आफूहरूको समय भएको र जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय भएको जवाफ फर्काइन्।
उनले लेखेकी छिन्, 'भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो। त्यसले नेपाल जान्छु र केही गर्छु भन्नेहरूलाई निरुत्साहित हुनबाट जोगाउँछ।'
विदेश पढेर आउने जनशक्ति, नेतृत्वलाई ‘ब्रेन गेन’को अवधारणासँग जोड्दै उनले राजनीतिमा जमेर बसेकाहरूलाई विदेश गएको जनशक्ति नेपाल फर्किँदा पैसाबाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने अभिप्राय राखेको आरोपसमेत लगाएइन्।
जेठ २३, २०८१ बुधबार २१:४५:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।