आपराधिक विश्वासघातमा समातिएका निर्देशक सुदर्शन हाजिर जमानीमा छुटे, खोजेको बेला हाजिर हुने सर्त
काठमाडौं : आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापा हाजिर जमानीमा छुटेका छन्। विहीबार उनी खोजेको बखत उपस्थित हुने सर्तमा हाजिर जमानीमा छुटेका हुन्।
विवादै विवादकाबीच निर्माण सकिएर प्रदर्शन भएको फिल्म ‘प्रसाद २’को विवादमा सुदर्शन प्रहरी हिरासतमा पुगेका थिए। उनीमाथि फिल्मका निर्मातामध्येका सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफ्नो मन्जुरी नलिई फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर १ करोड ५० लाख ठगी गरेको आरोपमा जाहेरी दिएपछि उनी फरार भएका थिए।
साउन १० मा उजुरी दर्ता भए लगत्तै फरार भएका उनी काठमाडौँ उपत्यका बाहिर फिल्म रावायणको सुटिङ सक्काएर काठमाडौँमा सुटिङ गर्न आएको बेलामा पक्राउ परेका थिए।
सोमबार पक्राउ परेका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो। बिहिवार म्याद नथपी प्रहरी बृत्त बौद्धले हाजिर जमानीमा छाडेको हो।
जेठ २३, २०८१ बुधबार १९:५८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।