रक्सी खाएर श्रीमतीसँग विवाद भएपछि एक पुरुषले छोरी, श्रीमती र आफैंमाथि पेट्रोल छर्केर आगो लगाए

रक्सी खाएर श्रीमतीसँग विवाद भएपछि एक पुरुषले छोरी, श्रीमती र आफैंमाथि पेट्रोल छर्केर आगो लगाए
प्रतिकात्मक तस्बिर

काठमाडौं : काठमाडौंका चन्चलबहादुर सिंहले श्रीमती, तीन छोरीहरूसहित आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका छन्। मंगलबार राति काठमाडौंस्थित चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन्।

काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको  छ। 

आगोले जलेका पाँच जनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन्। आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ।

रक्सी सेवन गरेर आएका चन्चलबहादुरले श्रीमतीसँग विवाद हुँदा पेट्रोल छर्केर आगो लगाएको खुलेको एसपी अधिकारीले बताए। 

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

जेठ २३, २०८१ बुधबार १७:३७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।