एसबिआई बैंक लिमिटेड र इसेवा लिमिटेडबीच सम्झौता
काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेड र इसेवा लिमिटेडबीच इसेवा नेटवर्क वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफरका सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने बताइएको छ।
सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा र इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिस खड्काले हस्ताक्षर गरेका थिए।
कम्पनीका अनुसार यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्नसमेत सहयोग पुर्याउने छ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, ११ एटिएमसहित आफ्नो सेवा प्रदान गर्दै आएको छ।
जेठ २३, २०८१ बुधबार १७:०६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।