अमेरिकी र्यापर कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

अमेरिकी र्यापर कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा

एजेन्सी : अमेरिकी मिडिया पर्सनालिटी किम कार्दासियनका पूर्व पति तथा अमेरिकी र्यापर तथा गायक कान्ये वेस्टविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। कान्येका पूर्व असिस्टेन्ट लरेन पिस्सिओटाले उनीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्।

लरेनले कान्येले आफूमाथि गरेको सम्झौतालाई तोड्दै गलत किसिमले कामबाट निकालेको दाबी गरेकी छन्। लरेनले कान्ये र उनको कम्पनीविरुद्ध ‘ठगी’को मुद्दा पनि दर्ता गराएकी छन्। लरेन सन् २०१२ देखि सन् २०२२ सम्म कान्येको असिस्टेन्ट थिइन्।

लरेन्सले गत जून ३ मा मुद्दा दर्ता गरेकी थिइन्। उनले आफूमाथि कैयौं पटक लज्जास्पद हर्कत गरेको दाबी गरेकी छन्। यसबाहेक कान्येले आफूलाई कैयौं पटक अश्लील सन्देश र भिडियो पठाउने गरेको पनि दाबी गरेकी छन्।

लरेनले यसअघि कान्येका साथ सन् २०२१ मा रिलिज एल्बम ‘डोन्डा’मा काम गरेकी थिइन्। यसबाहेक उनी गायकको वुमेन क्लोदिङ लाइनका लागि पनि काम गरेकी थिइन्।

कान्येले लरेनलाई सन् २०२१ मा एनुअल मिलियन डलर तलब दिएर आफ्नो असिस्टेन्टका रुपमा हायर गरेका थिए। जसअन्तर्गत लरेन २४ सै घण्टा कान्येका साथ रहनुपर्थ्यो।

लरेनको दाबी अनुसार कान्येले उनलाई ओनली फेस एकाउण्ट हटाउन माग गर्थे। यसको सट्टा कान्येले लरेनलाई वर्षभरको एक मिलियन डलर दिने सहमति गरेका थिए।

लरेनले कान्येसँग जोडिएको केही समयपछि कान्येले उनलाई कैयौं अश्लिल सन्देश पठाउन सुरू गरेको बताइएको छ।  

जेठ २३, २०८१ बुधबार १६:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।