संसद्मा उप-सभामुख रानाको ठट्टामा कांग्रेस सचेतकको आपत्ति

संसद्मा उप-सभामुख रानाको ठट्टामा कांग्रेस सचेतकको आपत्ति

काठमाडौँ : बजेटमाथिको छलफलमा अर्थमन्त्रीको उपस्थिति खोज्दै अर्थमन्त्री वर्षमान पुन नआएसम्म नबोल्ने धारणा राखेका राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनको भनाइलाई’‘टुक्का भन्दै गर्नु’ भनेर मजाक गरेको भन्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले उपसभामुख इन्दिरा रानाको अभिव्यक्तिको विरोध गरिन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा लिङदेनले अर्थमन्त्री वर्षमान पुनको उपस्थिति हुनुपर्ने माग गरेपछि सदन सञ्चालन गरिरहेकी उप-सभामुख रानाले  ‘टुक्का भन्दै गर्नु’ भनेर ठट्टा गरेकी थिइन्। थिङले बुधवारको बैठकमा रानाको सो अभिव्यक्ति असंसदीय रहेको भन्दै आपत्ति जनाइन्।

‘लिङ्देनज्यूले रोष्ट्रममा उभिएर बजेटको विषयमाथिको छलफलमा अर्थमन्त्री चाहिन्छ भन्दा सभामुखको आसनबाट नै टुक्का भन्दै गर्नु भन्ने आवाज सुनियो। यो संसदीय मर्यादा भयो कि भएन ?’ उनले प्रश्न गरेकी थिइन्।

बजेटबारे बोल्न रोस्टमम पुगेका राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो कुरा अर्थमन्त्रीलाई सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि बोल्ने अडान लिएपछि उपसभामुख रानाले ‘माननीयज्यू अगाडि बढौँ, अर्थमन्त्री आउँदै हुनुहुन्छ’ भनेकी थिइन्।

लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्ने जवाफ दिएपछि उपसभामुख रानाले बैठक स्थगित नगर्ने भन्दै ‘अर्थसम्बन्धी टुक्का भन्दै जानुहोला, कोटेसनहरू भन्दै जानुहोला’ भनेकी थिइन्।

जेठ २३, २०८१ बुधबार १४:२५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।