सरकारले विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिने, आजबाट दैनिक प्रेस बुलेटिन

सरकारले विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिने, आजबाट दैनिक प्रेस बुलेटिन
सिन्धुपाल्चोकको जुरेको पहिरो प्रभावित क्षेत्रमा पत्रकार। फोटो : नरेश न्यू

काठमाडौं : सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयमसेवामा खटिने मानिसहरूलाई तालिम प्रदान गर्ने भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बर्खासुरु भएसँगै सरकारले नागरिकको जिउधनको सुरक्षाको लागि के-कस्तो काम गरिरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकारहरू र स्वयंमसेवामा खटिने मानिसहरूको जोखिमलाई कम गर्न तालिमको व्यवस्था गरेको जनकारी दिए।

उनले भने, ‘विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरु स्वमसेवामा खटिने मानिसहरुको जोखिलाई पनि ध्यानमा राखेर उहाँहरुलाई तालिमको व्यवस्था गर्न यसैसाता सम्बन्धित निकायले जोड लगाउनुभएको छ। तालिम प्राप्त गरेर रिपोटिङमा र स्वयंमसेवकमा खटिएकालाई कम जोखिन हुने भएकाले यस्तो व्यस्था मिलाएका छौँ।’

उनले सूचना तथा सञ्चारको विषयलाई पनि गम्भीरताकासाथ लिएर जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्ने व्यवस्था गरेको जानकारी दिए।

गृहमन्त्रीका अनुसार कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने छ भने ११४९ नम्बरमा फोन गरेर बाढि र विपद् सम्बन्धी सुचना पाउन सकिने छ।

उनले भने, ‘हामीले खासगरी खाद्य सामग्री एवम् राहत सामग्रीको ढुवानी लगायतका विषयमा सहयोगको अपेक्षा गरेका छौँ। सूचना तथा सञ्चारको विषयलाई पनि हामीले गम्भीरताकासाथ लिएका छौँ।’

जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्नका लागि कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन जारी गर्ने जानकारी दिँदै मन्त्री लामिछानेले ११४९ नम्बरमा फोन गरेर बाढी सम्बन्धी सूचना पाउन सकिने बताए।

जेठ २३, २०८१ बुधबार १३:२९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।