कांग्रेस सांसदद्वारा सीता दाहालको नाममा स्थापना हुन लागेको कलेज स्थापनाको विरोध

कांग्रेस सांसदद्वारा सीता दाहालको नाममा स्थापना हुन लागेको कलेज स्थापनाको विरोध

काठमाडौं : नेपाली कांग्रेसकी सांसद् शान्ति विकले प्रधानमन्त्री पत्नी सीता दाहालको नाममा स्थापना हुन लागेको सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापनाको विरोध गरेकी छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बैठकमा सांसद् विकले यसको विरोध गरेकी हुन्। उनले देशका लागि सीता दाहालको के योगदान थियो भन्दै प्रश्न उठाएकी छन्।

उनले भनेकी छन्, ‘जनताले यो देशको निम्ती उहाँको के योगदान थियो, जसको नामममा हामीले ऋण बोकिदिनुपर्ने भनेर प्रश्न उठ्न सक्ला। उहाँ असल गृहणी हुनुहुनथ्यो होला, उहाँको योगदा माओवादी पार्टीमा छ। यसरी बजेट छुट्याइँदै गर्दा देशको लागि नभएर पार्टी र कार्यकर्ताको लागि छुट्याइएको भान भएको छ।’

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री वर्षमान पुनले काभ्रेमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एन्ड योगिक साइन्स कलेज स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको छ।

जेठ २३, २०८१ बुधबार ११:३७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।