आइसीसी टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

आइसीसी टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

काठमाडौं : वेस्टइन्डिज र अमेरिकामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले आज आफ्नो पहिलो खेल खेल्दै छ।

समूह एमा रहेको भारत र आयरल्याण्डबीचको खेल न्युयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजे सुरुहुने छ।

यही मैदानमा भारत र पाकिस्तानबीचको पनि खेल हुने भएकाले एक साता अघि देखि नै सुरक्षा व्यवस्था भने कडा बनाइएको छ । न्यूयोर्कमा आतंकवादी हमलाको खतरालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थ मजबुत पारिएको जनाइएको छ।

टी-२० अन्तर्गत नासाउ काउन्टीमा अहिलेसम्म एउटा मात्र खेल खेलिएको छ, जुन निकै कम स्कोरिङ भएको थियो।

नासाउको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको टोली ७७ रनमा मात्रै सिमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो।

यस्तो अवस्थामा आयरल्याण्ड जस्तो खतरनाक टोली अपसेट गराउन माहिर छ। यसअघि पनि उसले धेरै पटक यस्तो गरिसकेको छ।

तर, भारत र आयरल्याण्डबीचको तथ्याङ्क हेर्दा यी दुई टोलीबीच अहिलेसम्म सात खेल भइसकेका छन्। भारतले सातवटै खेल जितेको छ।

रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीले आयरल्याण्डलाई हल्का रूपमा लिने प्रयास गर्ने छैन। भारतीय टोली कागजमा निकै बलियो मानिन्छ।

टोलीमा अनुभव र युवा जोशको विशेष मिश्रण छ। यस्तै, आयरल्याण्डको टोली पनि आज पहिलो पटक भारतलाई हराउने लक्ष्यसाथ मैदान उत्रने छ।

जेठ २३, २०८१ बुधबार ०८:५४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।