प्रतिनिधि सभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं : संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

बैठक विहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा आर्थिक वर्ष २०८१/२०८२ को राजश्व र व्यको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले सामान्य छलफलमाथि उठेका प्रश्नहरूको जवाफ दिने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

उनका अनुसार त्यसबाहेक ‘विनियोजन विधेयक २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेस सुवालले राखेको विरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि अर्थमन्त्रीले पुनले ‘विनियोजन विधेयक २०८१’ संसद्मा प्रस्तुत गर्ने र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि अर्थमन्त्री पुनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, ‘भन्सार महशुल विधेयक २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरी प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

जेठ २३, २०८१ बुधबार ०७:४८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।