बिहानैबाट कोशी र गण्डकीमा वर्षा, छ प्रदेशमा चट्याङ्गसहित पानी पर्ने

बिहानैबाट कोशी र गण्डकीमा वर्षा, छ प्रदेशमा चट्याङ्गसहित पानी पर्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

जसकारण बिहानैबाट कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश, लुम्बीनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

यसैगरी आज राती देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ २३, २०८१ बुधबार ०७:३१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।