राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नेपालको खेल हेर्दै

राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म नेपालको खेल हेर्दै

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री पुष्पकमल दाहालसम्म आइसिसी टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्यान्डस् विरुद्ध खेलिरहेको नेपालको खेल हेरिरहेका छन्।

राष्ट्रपतिको सचिवालयले जारी गरेको तस्बिरमा राष्ट्रपति पौडेल परिवारका सदस्यसहित क्रिकेट हेरिरहेका छन्। प्रधानमन्त्री प्रचण्ड छोरी गङ्गासँग क्रिकेट हेरिरहेको तस्बिर उनको सचिवालयले सार्वजनिक गरेको छ 

टस हारेर ब्याटिङ पाएको नेपालले पूरा ओभर नखेली नेदरल्यान्डसलाई १०७ रनको चुनौती दिएको छ। नेदरल्यान्डस् विरुद्ध ब्याटिङमा उत्रिएको नेपालको पुरै ओभर खेल्न पाएन।

नेपालको ब्याटिङ लाइन सम्हालिन सकेन। नेपाली प्रशंसकले भरिएको स्टेडियममा नेपाली ब्याटरहरु विकेट जोगाउने र रनरेट बढाउने सङ्घर्षमा एकपछि अर्को विकेट गुमाउँदै गयो। बलिङकोक्रममा नेपालले एक विकेट लिएको छ।

जेठ २३, २०८१ बुधबार ००:०४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।