टी-२० वर्ल्डकप : मौसमले साथ नदिँदा खेल समय लम्बियो, मैदान नेपाली प्रशंसकले भरियो

टी-२० वर्ल्डकप : मौसमले साथ नदिँदा खेल समय लम्बियो, मैदान नेपाली प्रशंसकले भरियो
तस्बिर : क्यान

काठमाडौँ : नेदरल्याण्ड्स विरुद्धको टी-२० वर्ल्डकपको पहिलो खेल मौसमको कारण आधा घण्टा ढिला भएको छ। अमेरिकामा नेपाली टिमको हौसला बढाउन नेपाली फ्यानहरू मैदानमा आइसकेका छन्। तर मौसमका कारण निर्धारित समयमा खेल हुन सकेन।

क्रिकेट एसोसिएसन अफ नेपालका अनुसार टसको समय आधा घण्टा लम्बिएको छ। नेपालको जर्सी लगाएर नेपाली फ्यानहरू खेल स्थलमा भेला भइसकेका छन्।

जेठ २२, २०८१ मंगलबार २१:१६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।