भारतीय लोकसभा निर्वाचन : २४० को परिणाममा भाजपाले १२२ सिट जित्दा कांग्रेसको कति?

भारतीय लोकसभा निर्वाचन : २४० को परिणाममा भाजपाले १२२ सिट जित्दा कांग्रेसको कति?

काठमाडौं : भारतमा लोकसभा निर्वाचन-२०२४ को पछिल्लो मतपरिमाण आइरहेको छ। त्यहाँको समयअनुसार आज राति पौने ८ बजेसम्म २४० सिटको मत परिणाम सार्वजनिक भएको छ। त्यस परिमाणअनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) अगाडि देखिएको छ। 

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म भाजपा १२२ सिटमा विजयी भएको छ। प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ५३ सिट जित निकालेको छ।

त्यस्तै, समाजवादी पार्टीले १६ र अल इन्डिया तृणमुल कांग्रेस ६ सिटमा जित निकालेका छन्। कुल ५४३ सिटको लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरू गरिएको थियो। 

जेठ २२, २०८१ मंगलबार २०:३१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।