आइसिसी टी-२० विश्वकप : नेदरल्याण्ड्सलाई पाँच पटक हराइसकेको नेपालको प्लेइङ ११ मा को-को होलान् ?

आइसिसी टी-२० विश्वकप : नेदरल्याण्ड्सलाई पाँच पटक हराइसकेको नेपालको प्लेइङ ११ मा को-को होलान् ?

काठमाडौँ : नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्दै आइसिसी टी२० विश्वकपको यात्रा सुरु गर्न लागेको नेपालका लागि अघिल्लो चरणमा प्रवेश गर्न जीत आवश्यक छ। नेपाल र नेदरल्याण्ड्सबीचको प्रतिस्पर्धा र नतिजा हेर्ने हो भने यो कठिन पनि देखिन्न।

नेपालका लागि नेदरल्याण्ड्स कठिन प्रतिद्वन्द्वी पनि हैन। सन् २०१५ यता नेपाल र नेदरल्याण्ड्सबीच १२ पटक प्रतिस्पर्धा भइसकेको छ। १२ प्रतिस्पर्धामा नेपालले पाँच पटक नेदरल्याण्सलाई पराजित गरिसकेको छ। एक खेल बराबरी भएको थियो भने नेदरल्याण्ड्सले ६ खेल जितेको छ। यो तथ्याङ्कले पनि नेदरल्याण्ड्सको अगाडि नेपाली टोली कमजोर देखिन्न।

डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आज (मंगलबार) राति ९:१५ बजे नेदरल्याण्ड्सलाई हराउने लक्ष्यसहित नेपाली टिम मैदानमा उत्रिनेछ।

डालासमा रहेको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियमको दर्शक क्षमता १० हजार हाराहारी रहेको देखिन्छ। टी-२० विश्वकपमा नेपाली टिमलाई समर्थन गर्न अमेरिकामा रहेका नेपाली र नेपालीमूलकाहरु उत्साहित देखिएका छन्। नेपालबाट समेत उल्लेख्य दर्शक खेल हेर्न अमेरिका पुगेकाले दर्शकदिर्घामा उल्लेख्य नेपाली समर्थक हुने देखिन्छ।

नेदरल्याड्ण्सविरुद्धमा नेपालले कस्तो प्लेइङ ११ छान्न भन्नेले पनि खेलको नतिजा कस्तो हुन्छ भन्ने देखाउने छ नै। प्रशिक्षक मोन्टी देशाई र  कप्तान रोहित पौडेलका लागि प्रतिस्पर्धी नयाँ नभएकाले प्लेइङ ११ छान्न पक्कै कठिन नहुनसक्छ।

नेपालको अभ्यास खेलहरूमा खेलाडीको प्रदर्शनका आधारमा रोहितसँगै  कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी प्लेइङ ११ मा पर्ने सम्भावना देखिन्छ। यस्तो अवस्थामा सन्दीप जोरा, कमलसिंह ऐरी, प्रतिश जिसी  र सागर ढकाल बेन्चमा रहनेछन्।

जेठ २२, २०८१ मंगलबार १९:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।