मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी, दुई मन्त्रीले राजीनामा दिँदै

मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी, दुई मन्त्रीले राजीनामा दिँदै

काठमाडौं : एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ।

मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेपछि दुई मन्त्री राजीनामा बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका छन्। 

एकीकृत समाजवादीबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन पर्खिरहेका छन्। 

मधेशमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार छ। केन्द्रीय सत्तासाझेदार दलहरूको सहमतिअनुसार मधेशबाट एकीकृत समाजवादी बाहिरिएको हो। यसअघि एमाले र माओवादी केन्द्रले त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए।  

जेठ २२, २०८१ मंगलबार १९:१८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।