बारीमा घाँस काटिरहेको बेला हावाहुरी चलेर रुखले किच्दा २२ वर्षीय युवाको ज्यान गयो

बारीमा घाँस काटिरहेको बेला हावाहुरी चलेर रुखले किच्दा २२ वर्षीय युवाको ज्यान गयो

काठमाडौं : मकवानपुरमा हावाहुरीका कारण रुखले किचेर एकजनाको मृत्यु भएको छ। 

हावाहुरीले ढालेको रुख शरीरमा बज्रिँदा मनहरी गाउँपालिका २ का २२ वर्षीय रामबहादुर गोलेको घटनास्थलमै मृत्यु भएको हो। 

प्रहरीका अनुसार गोले घरबाट अन्दाजी ८०० मिटर पूर्वतर्फ आफ्नै बारीमा घाँस काटिरहेका थिए। त्यही बेला अचानक आएको हावाहुरी तथा पानीका कारण साजको रुख भाँच्चिएर उनलाई लागेको हो। 

शवलाई हेटौंडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।  

जेठ २२, २०८१ मंगलबार १७:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।