६.२२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्वि

६.२२ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्वि

काठमाडौं : सेयर बजार परिसूचकमा सामान्य सुधार छ। कारोबार रकम पनि बढेको छ। मंगलबार ६.२२ अंकले बढ्दा बजार परिसूचक नेप्से २०८५.३० को विन्दुमा रह्यो। 

८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ। १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ। ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन छैन। 

साताको पहिलो दिन बढेको सेयर बजार दोस्रो दिन घटेको थियो। सोमबार बजार ३.९७ अंकले घट्दै २०७९.०७ विन्दुमा रहँदा ८८ लाख २० हजार १२५ कित्ता सेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको थियो। यसअघि आइतबार नेप्से परिसूचक १३.५१ अंकको बढोत्तरीसँगै २०८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाख रुपैयाँमा किनबेच भएको थियो। 

मंगलबार १३ मध्ये जलविद्युत, म्युचुअल फण्ड र अन्य उप-समूहबाहेक सबै बढेका छन्। व्यापार उप-समूह सर्वाधिक २.७० प्रतिशतले बढेको छ। लघुवित्त उप-समूह १.४८ प्रतिशतले बढ्दा ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ता बढी फाइदामा रहे। उक्त कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। यस्तै, नारायणी विकास बैंक, महुली लघुवित्त, हिमालयन लघुवित्त, माथिल्लो मैलुङखोला जलविद्युत सेयर मूल्य बढेका कम्पनीको सूचीमा छन्। 

सर्वाधिक कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर छ। उक्त कम्पनीको २० करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

यस्तै, नेपाल फाइनान्सको १२ करोड ९८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८२ लाख, युनाइटेड अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख र ग्लोबल आइएमई लघुवित्तको १० करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

जेठ २२, २०८१ मंगलबार १६:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।