क्रिकेट जर्सी लगाएर संसद् भवन पुगे रास्वपा सांसद्

क्रिकेट जर्सी लगाएर संसद् भवन पुगे रास्वपा सांसद्
तस्बिर- सांसद असीम शाहको फेसबुकबाट

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन्।

टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए।

सामुहिक तस्बिर सामाजिक सञ्जालमा राख्दै सांसद असीम शाहले भने, ‘१० वर्षको लामो प्रतीक्षा पछि आज नेपालले टि-२० क्रिकेट विश्वकपको पहिलो खेल खेल्दैछ हार्दिक शुभकामना।’ 

१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्याण्डससँग छ। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

यी दुई टोलीले अहिलेसम्म भएका १२ टी-२० अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जित्दा एक खेल नतिजाविहीन भएको थियो।

जेठ २२, २०८१ मंगलबार ११:५७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।