विश्वकपमा अफगानिस्तानद्वारा युगान्डामाथि १२५ रनकाे शानदार जित

विश्वकपमा अफगानिस्तानद्वारा युगान्डामाथि १२५ रनकाे शानदार जित

काठमाडौं : आईसीसी टी२० विश्वकप अन्तर्गत युगान्डामाथि १२५ रनको जित निकाल्दै अफगानिस्तानले विजयी सुरुवात गरेको छ।

१८४ रनको लक्ष्य पछ्याएको युगान्डालाई १६ ओभरमा ५८ रनमा समेटियो। उसका लागि रोबिन्सन ओबुयाले १४ र रियाजत अली शाहले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका फजाल्लाहक फारुकीले पाँच विकेट लिँदा नवीन उल हक र रसिद खानले समान दुई–दुई विकेट लिए। मुजीब उर रहमाले एक विकेट लिए।

त्यसअघि क्यारेबियन देश गुयनाको प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो।

अफगानिस्तानको सुरुवात शानदार रह्यो। इब्राहिम जर्दान र रहमनुल्लाह गुरबाजले पहिलो विकेटको लागि ८८ बलमा १५४ रनको साझेदारी गरे। उनीहरूले क्रमशः ७० र ७६ रन बनाए।

तर, पन्ध्रौं ओभरको तेस्रो बलमा पहिलो विकेट खसेपछि भने अफगानिस्तानको टोली धर्मरायो। त्यसपछि युगान्डाले लगातार विकेट लियो। अन्तिम ३३ बलमा २९ रन मात्र दिएको उसले पाँच विकेट लियो।

युगान्डाका कसमस क्यूटा र ब्रायन मसाबाले समान दुई–दुई विकेट लिँदा अल्पेस रामजानीले एक विकेट लिए।

जेठ २२, २०८१ मंगलबार ०९:४२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।