अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य, अन्तिम ३३ बलमा २९ रन मात्र

अफगानिस्तानले युगान्डालाई दियो १८४ रनको लक्ष्य, अन्तिम ३३ बलमा २९ रन मात्र

काठमाडौं : आईसीसी टी२० विश्वकपको समूह सी अन्तर्गतको खेलमा अफगानिस्ताने युगान्डालाई १८४ रनको लक्ष्य दिएको छ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको अफगानिस्ताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १८३ रन बनायो।

अफगानिस्तानको सुरुवात शानदार रह्यो। इब्राहिम जर्दान र रहमनुल्लाह गुरबाजले पहिलो विकेटको लागि ८८ बलमा १५४ रनको साझेदारी गरे। उनीहरूले क्रमशः ७० र ७६ रन बनाए।

तर, पन्ध्रौं ओभरको तेस्रो बलमा पहिलो विकेट खसेपछि भने अफगानिस्तानको टोली धर्मरायो। त्यसपछि युगान्डाले लगातार विकेट लियो। अन्तिम ३३ बलमा २९ रन मात्र दिएको उसले पाँच विकेट लियो।

युगान्डाका कसमस क्यूटा र ब्रायन मसाबाले समान दुई–दुई विकेट लिँदा अल्पेस रामजानीले एक विकेट लिए।

अफगानिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

जेठ २२, २०८१ मंगलबार ०८:०६:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।