संघीय संसद्को दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं : संघीय संसद् अन्तर्गतको दुवै सदनको बैठक आज बस्दैछ।

विहान ११ बजे बस्ने प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हुनेछ।

यसका साथै नेपाली कांग्रेसका तर्फबाट सांसद बनेका नेताहरू सूर्यमान गुरुङ, शैयद मेहराज शाह र खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।

गुरुङ २०६४ को संविधान सभा निर्वाचनमा प्रत्यक्ष र २०७० सालमा समानुपातिक सांसद् थिए। त्यसैगरी शाह २०४८ सालमा सांसद बनेका थिए भने रेग्मी २०५८ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व तथा व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलपछि अर्थमन्त्री वर्षमान पुनले सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

त्यसपछि तीन सांसद्को निधनमा शोक प्रस्ताव पारित हुनेछ।

जेठ २२, २०८१ मंगलबार ०७:३७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।