एनआईसी एशिया बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’
काठमाडौं : एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गरेको छ।
अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदायक इन्फोज फिनाकलले हरेक वर्ष आयोजना गर्ने ‘इनोभेसन अवार्ड्स’ अन्तर्गत सन् २०२४ का लागि ‘च्यानल इनोभेसन प्लाटिनम’ अवार्डबाट यस बैंक सम्मानित भएको हो।
नेपालको डिजिटल बैंकिङ्ग सेवामा इनोभेटिभ र उत्कृष्ट प्रोडक्ट आईसर्भ ल्याएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन बैंकिङ्ग सेवा प्रदान गरे वापत यस बैंकले १० विधामा २०० आवेदनहरूकाबीच प्रतिस्पर्धा गर्दै इनोभेसन विधामा उक्त अवार्ड प्राप्त गरेको बताइएको छ।
बैंकका अनुसार आईसर्भ यस बैंकले ल्याएको नेपालको उत्कृष्ट डिजिटल प्लेटफर्म हो, जसले भौतिक रुपमा बैंकको शाखा कार्यालय नपुगी आफ्नै घर वा कार्यालयबाट डिजिटल बैंकिङ्ग सेवा उपभोग गर्ने सुविधा उपलब्ध गराएको छ। जहाँबाट ग्राहक सेवा, भुक्तानी, कार्ड सेवा, डकुमेन्ट भेरिफिकेसन, मोबाइल बैंकिङ्ग सेवा, टेलर सेवा, अनलाइन सेवाहरू, मर्चेन्ट सेवाहरू तथा ट्रेड सेवाहरू जस्ता मुख्य डोमेनबाट अधिकांश डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ।
यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।
जेठ २१, २०८१ सोमबार २१:०८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।