आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्तालाई ब्लुबर्ड क्लिनिकमा विशेष छुट
काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्सका ग्राहक तथा अभिकर्ताहरुले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेशनल क्लिनिकमा स्वास्थ्य जाँच गराउँदा विशेष छुट पाउने भएका छन्।
दुई संस्थाबीच आइतबार यस्तो सम्झौता भएको हो।
दुई संस्थाबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएपश्चात् आईएमई लाइफ इन्स्योरेन्सका अभिकर्ता र ग्राहकहरूले ब्लुबर्ड क्लिनिकमा उपलब्ध सेवाहरूमा एक्सक्लुसिभ डिस्काउन्ट पाउने भएको बताइएको छ।
यस सम्झौताबाट इन्स्योरेन्स कम्पनीका ग्राहक तथा अभिकर्ताहरूले विशेष लाभ लिनेमा कम्पनी विश्वस्त रहेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका अन्डर्राईटि प्रमुख सुदिप राणाले बताए।
जेठ २१, २०८१ सोमबार २०:३०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।