बालेनको स्टाटसपछि रिसाए ओली, गिरीबन्धुको प्रश्नमा आक्रोशित हुँदै भने- 'बालेनलाई सोध्नू'

बालेनको स्टाटसपछि रिसाए ओली, गिरीबन्धुको प्रश्नमा आक्रोशित हुँदै भने- 'बालेनलाई सोध्नू'

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफूमाथि गिरीबन्धुको १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन अर्को काण्ड मच्चाएको आरोप लगाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बनेका छन्। 

सोमबार संसद् भवन परिसरमा गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले बालेनलाई सोध्नु भन्दै संक्षिप्त प्रतिक्रिया दिए। गिरीबन्धु सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा ओली आक्रोशित हुँदै भने- 'बालेनलाई सोध्नू।' 

सोमबार नै सामाजिक सञ्जालमार्फत मेयर शाहले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाउँदै पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए। 

त्यसअघि गत शनिबार ओलीले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्नु असभ्य शैली भएको बताएका थिए।

बालेनको नाम नलिई उनले भनेका थिए, ‘म छक्क पर्छु, कति साह्रो कमजोर प्रवृत्ति भएको होला मान्छेलाई, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँकिदिन्छ? यो गलत गर्यौं भनेर कसैले भन्न सक्दैन के हालत होला यो? यो गलत हो, यस्ता क्रियाकलाप हुन हुँदैन स्वस्थ र सभ्य समाजका लागि, असन्तुष्टि, आक्रोश, प्रतिक्रिया केही पनि देखाउने तरिका भनेको मलाई छिमेकीसँग अलिकति चित्त बुझेन, रिस उठ्यो भने घरको फोहोरसोहोर जम्मा गरेर लगेर उसको ढोकामा फ्याँकिदिने? यो कुनै सभ्यता हो? आज यङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन?’

जेठ २१, २०८१ सोमबार १७:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।