अपराधमा फिल्म प्रसाद- २ को निर्माण टोली : निर्माता सुवास फरार, निर्देशक सुदर्शन प्रहरी हिरासतमा

अपराधमा फिल्म प्रसाद- २ को निर्माण टोली : निर्माता सुवास फरार, निर्देशक सुदर्शन प्रहरी हिरासतमा

काठमाडौँ : आपराधिक विश्वासको उजुरी दर्तापछि फरार रहेका फिल्म निर्देशन सुदर्शन थापा पक्राउ परेका छन्। फिल्म प्रसाद २ को निर्मातामध्येका एकले आफ्नो मन्जुरी नलिई फिल्म विभिन्न देशमा प्रदर्शन गरेर एक करोड ५० लाख ठगी गरेको भन्दै जाहेरी परेपछि उनी फरार थिए।

निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले उजुरी दिएपछि उनी फरार थिए। फरार अवस्थामै उनी रावायण फिल्मको निर्देशनमा संलग्न रहे पनि पक्राउ परेका थिएनन्। उनी सोमबार मालिगाउँमा पक्राउ परेका हुन्।

मालिगाउँ वृत्तले उनलाई पक्राउ गरेर उजुरी दर्ता रहेको बौद्ध वृत्तमा पठाएको छ। सुदर्शनले काठमाडौँमा रावायणको दोस्रो चरणको निर्देशनको तयारी गरिरहेका थिए। उनको पक्राउपछि फिल्मको छायाङ्कन रोकिएको छ।

फिल्मका अर्का निर्माता सुवास थापा भने बैङ्किङ कसुरको अभियोगमा फरार छन्। फिल्म प्रसाद-२ को निर्माता भनेर केशव पाण्डेसँग ६२ लाख बढी रकम लिएर उनले ठगी गरेका थिए। ठगीविरुद्ध पाण्डेले काठमाडौँ प्रहरी परिसरमा दिएको बैङ्किङ कसुरको उजुरीको आधारमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भइसकेको छ। उनी फरारै छन्।

जेठ २१, २०८१ सोमबार १४:४९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।