बिराजले भारतबाट द्वन्द्व निर्देशक बोलाएर छाता ओढाएपछि केसीले भने- ‘हामी पनि कम्तीका छैनौँ’

बिराजले भारतबाट द्वन्द्व निर्देशक बोलाएर छाता ओढाएपछि केसीले भने- ‘हामी पनि कम्तीका छैनौँ’

काठमाडौं : यतिबेला अभिनेता तथा निर्देशक विराज भट्ट फिल्म ‘१२ गाउँ’को छायांकनमा छन्। उनी फिल्ममा फाइटको सिनहरू खिचिरहेका छन्।

आफ्नो फिल्ममा उनले भारतीय द्वन्द्व निर्देशक सिल्भा मास्टर एण्ड टीम झिकाएर फिल्मको फाइटको दृश्य खिचिरहेका छन्। पश्चिम नेपालमा फिल्म ‘१२ गाउँ’को द्वन्द्वको सिन खिचिरहेको बेला नेपालका द्वन्द्व निर्देशक हिमाल केसीले भने चित्त दुखाएका छन्।

उनले नेपाली फिल्मका द्वन्द्व निर्देशकले जतिसुकै मरिमेटेर काम गरे पनि काम नदेखेपछि ‘अब डुबेर मरे हुन्छ?’ भन्दै प्रश्न गरेका छन्।

सयौं फिल्ममा द्वन्द्व निर्देशन गरेका केसीले नेपाली फिल्मका द्वन्द्व निर्देशकमा के कमी देखेर छिमेकी राष्ट्रबाट झिकाउन बाध्य परेको भन्दै निर्देशक तथा निर्माता समेत रहेका बिराज भट्टसँग प्रश्न गरेका हुन्।

उनले बिराटको नाम उल्लेख नगरे पनि उनको आयश प्रष्ट छ। विराजले हिजो मात्रै भारतिय द्धन्द्ध निर्देशक तथा कलाकार नेपाल आइपुगेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए।

बिराजले भारतीय द्वन्द्व निर्देशक सहितको कलाकार नेपाली फिल्ममा सामेल गराएपछि द्वन्द्व निर्देशक केसीले स्रोत र सुविधा विना नै बिराजलाई आफूहरूले स्टार बनाएको दाबी गरे।

उनले भारतबाट आएका निर्देशक जतिको सुविधा आफूहरूले पाएको खण्डमा राम्रो काम गर्ने बताएका छन्।

उनी लेख्छन्, ‘हामीसँग पर्याप्त स्रोत साधन पनि छैन र सीमित बजेटमा हामीले काम गर्नुपर्छ। छिमेकी राष्ट्रका द्वन्द्व निर्देशकले पाउने सुविधा स्रोत साधन के हामीले पाएका छौँ त? त्यसै द्वन्द्वमा परिवर्तन खोजेर हुन्छ? तर चेतना भया हामी नेपाली द्वन्द्व निर्देशक पनि कमि छैनौँ।’

जेठ २१, २०८१ सोमबार १४:०८:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।